आज बढ्यो सुनको मूल्य, फेरि १ लाख ९० हजारको आँकडा पार
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्यले फेरि १ लाख ९० हजारको आँकडा पार गरेको छ । बिहिबारको कारोबारले १७ सय रुपैयाँले बढ्दै सुनको मूल्य १ लाख ९० हजार पार पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।