काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा भईरहेको छ ।
अघिल्लो दिन सुनको मूल्य १३ सय रुपैयाँले घटेको थियो । उक्त दिन सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा भएको थियो ।
आज चाँदीको भाउ समेत वृद्धि भएको छ । चाँदी आज ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार २६५ रुपैयाँमा कारोबार भईरहेको छ ।