सुनको मूल्य आजपनि घट्यो, चाँदीको भने बढ्यो
काठमाण्डौ । सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार रुपैयाँले घटेको सुनको मूल्य आजपनि घटेको हो । आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । संघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा भईरहेको छ ।