काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३६ सय डलर नजिक पुगेको छ । पछिल्लो कारोबारमा सुनको मूल्य १.०६ प्रतिशत अर्थात ३७.४६ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ५८६ डलर कायम भएको छ ।
कारोबारको क्रममा सुनको मूल्य प्रतिऔंस ३ हजार ५९९ डलरसम्म पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।
अमेरिकी अर्थतन्त्रको ताजा आँकडाअनुसार अमेरिकाको श्रमबजारमा छाएको सुस्तता र बेरोजगारीदर ४.३ प्रतिशत पुगेसँगै फेडरल रिजर्भले ब्याजदरमा कटौती गर्ने सम्भावना बढेको छ ।
जसका कारण सुनको मूल्य वृद्धि भएको विश्लेषकहरुले बताएका छन् । पछिल्लो समय सुनको मूल्य निरन्तर वृद्धि भएसँगै विश्वका शीर्ष सुन बजार चीन र भारतमा सुनको मागमा कमी आएको छ ।