काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आइतबारको कारोबारमा सुनको मूल्य १६ सय रुपैयाँले बढेसँगै नयाँ रेकर्ड कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला २ लाख १२ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि भदौ २० गते सुनको मूल्य हालसम्मकै उच्च कायम थियो । उक्त दिन सुनको मूल्य २ लाख १० हजार ४ सय कायम थियो ।
आज चाँदीको भाउ समेत बढेको छ । चाँदी १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५ सय पुगेको छ ।