काठमाण्डौ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सेवाग्राहीलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ। कम्पनीले लक्ष्मी सनराइज क्यापिटल र लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयहरुमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई आव २०८२/८३ सम्मको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो।
डिम्याट खातावालाहरूले प्रत्येक आर्थिक वर्षको वार्षिक सञ्चालन शुल्क १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने छ। खातावालाहरले लक्ष्मी सनराइज बैंकको खातामा वा आइएमई पे, फोनपे, क्यूआर पेमेन्ट,खल्ती, कनेक्ट आईपीएस,प्रभु पे,ई–सेवा तथा मेरो सेयरको ड्यास बोर्डमार्फत भुक्तानी गर्न सक्नेछन् ।
तोकिएको समयभित्र वार्षिक शुल्क भुक्तानी नगरेका हितग्राहीहरुको खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि फ्रिज गरिने कम्पनीले जनाएको छ ।

