बुधबार, असार २४,२०८३ 05:34:01
Bizshala
  • बुधबार, असार २४,२०८३ 05:34:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मौद्रिक नीतिपश्चात पनि बढेन सेयरबजार, ‘लगानीकर्ताहरु डिबेञ्चरको फिक्स्ड रिटर्नमा डाइभर्ट’

Laxmi Sunrise Bank Limited
मौद्रिक नीतिपश्चात पनि बढेन सेयरबजार, ‘लगानीकर्ताहरु डिबेञ्चरको फिक्स्ड रिटर्नमा डाइभर्ट’

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षकाक लागि मौद्रिक नीति सार्वजनिक गरेको भोलिपल्ट अर्थात आज सेयबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १.१३ प्रतिशत अर्थात ३०.०९ अंकले घटेर २ हजार ६२१.५९ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८५ प्रतिशतले घटेर ४५६.६८ विन्दुमा झरेको छ।

आज नेप्सेमा सूचीकृत ३६२ वटा स्क्रिप्टको ८४ लाख ६३ हजार १५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ८२ करोड ६० लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ४० करोड ७९ लाख बढीको सेयर कारोबार भएको थियो।

New Office
CG Motors
Garima Development Bank

आजको बजारबारे बजार बजार जानकार सरोज भट्टराई भन्छन्, ‘मौद्रिक नीति सेयर लगानीकर्ताहरुको फेबरमा नआउँदा बजार दोहोरो अंकले घटेको छ । राष्ट्र बैंकले आर्थिक वृद्धि ७ प्रतिशतसम्म बढ्ने आँकलन गरेको छ, तर यो विषयले लगानीकर्तालाई उत्साहित बनाएको छैन । लगानीकर्ताले विशेषगरी मौद्रिक नीतिमार्फत लघुवित्तको लाभांश सीमा खारेज र संस्थागत लगानी वृद्धि हुने अपेक्षा राखेका थिए तर यी विषयहरु नसमेटिएका कारण लगानीकर्ताले सरकारलाई विश्वास गर्न सकिरहेका छैनन ।’

उनले थपे, ‘अहिले बजारमा लगानी थप्ने नयाँ लगानीकर्ताहरुको आगमन हुने सिजन हो तर पूँजीबजार सुधारको लागि सरकारले पहल नगर्दा निरन्तर लगानी गर्दै आएका लगानीकर्ता पनि पर्ख र हेरको अवस्थामा छन् । बजार सस्टेन हुन नसक्दा अहिले लगानीकर्ताहरु डिबेञ्चरको फिक्स्ड रिटर्नमा डाइभर्ट भएका छन् । जबसम्म ठूला लगानीकर्ताहरु बजार प्रवेश गर्दैनन्, तबसम्म बजारले लय लिने सम्भावना रहँदैन ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज म्युचुअल फण्ड समूह मात्रै बढ्यो । यो समूहमा ०.११ प्रतिशतको बढोत्तरी आयो ।

यस्तै आज हाईड्रो समूह सर्वाधिक अर्थात १.७० प्रतिशतले घट्यो।

बैंकिङ समूह पनि आज १.१८ प्रतिशत, विकास बैंक १.४६, फाइनान्स १.४३, होटल १.२९, लगानी ०.३९, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन १.१३, लघुवित्त ०.८१,  निर्जीवन बीमा १.३७, अन्य १.१५ र व्यापार समूह ०.२१ प्रतिशतले घट्यो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सर्वाधिक कारोबार हुने कम्पनी

आज केबीएल डिबेञ्चर २०८९ को सर्वाधिक कारोबार भयो । यो डिबेञ्चरको आज ६२ करोड ३९ लाख बढीको सेयर कारोबार भयो । यस्तै एनसीसी डिबेञ्चर २०८६ को ४३ करोड ६० लाख, सानिमा डिबेञ्चर २०८७ को २१ करोड ९३ लाख र आँखुखोला जलविद्युतको १३ करोड ३७ लाख बढीको कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज एनएमबी डिबेञ्चर २०८७/८८ को मूल्य सर्वाधिक अर्थात ५.५२ प्रतिशतले बढ्यो ।

यस्तै प्रभु बैंक डिबेञ्चर २०८४ को मूल्य ४.६७ प्रतिशत, स्नो रिभर्सको ४.३९ र कुमारी सबल योजनाको मूल्य ४.०२ प्रतिशतले बढ्यो ।

यो दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात १३.४१ प्रतिशतले घट्यो । यस्तै उपकार लघुवित्तको सेयरमूल्य १०.६९ प्रतिशत र सानिगाड हाईड्रोको सेयरमूल्य ६.३९ प्रतिशतले घट्यो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X