गभर्नरका अगाडि अर्थमन्त्री निरीह, भने-'हामीले भनेको महाजीले मान्न छाड्नुभयो !'
काठमाण्डौ । एउटै आइडोलोजीका भए पनि यसपटकको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा पार्टीको लाइनविपरीत नेपाल राष्ट्रबैंकका गभर्नर भिलेन बन्दा सरकारले चाहेको नीतिगत परिवर्तन हुन नसकेको खुलासा भएको छ । केही बैंकरहरुसँगको भेटका क्रममा केही दिनअघि नै अर्थमन्त्री विष्णु पौडेलले आफ्नो निरीहता प्रकट गर्दै गभर्नर महाप्रसाद अधिकारीको विषयमा गुनासो गरेका थिए ।