सान्भी इनर्जीको आइपीओ बाँडफाँड, १७ लाख ८८ हजारको हात खाली
काठमाण्डौ । सान्भी इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । कम्पनीको आइपीओ १० कित्ताका दरले २ लाख ४१ हजार ५३० जना आवेदकले प्राप्त गरेका छन् । कम्पनीको आइपीओमा २० लाख ४३ हजार २४९ जना आवेकदले २ करोड ३९ लाख ९१ हजार ८२० कित्ताका लागि आवेदन दिएका थिए ।

