रिलायन्स स्पिनिङ मिल्सको नाफा १७ प्रतिशतले घट्यो
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा गिरावट आएको छ । कम्पनीले समीक्षा अवधिसम्म २६ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १७.७० प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३२ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको बिक्री...

