प्रहरी हिरासतमै दीपेन्द्र अग्रवालले थाले भोक हड्ताल !
काठमाण्डौ । धितोपत्र बोर्डको सिफारिसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बाट पक्राउ परेका सेयर लगानीकर्ता तथा कारोबारी दीपेन्द्र अग्रवालले हिरासतमै भोक हड्ताल सुरु गरेका छन् । उनका एक सहयोगीकाअनुसार अग्रवालले हिजो बेलुकादेखि नै केही नखाई अनिश्चितकालीन भोक हड्ताल सुरु गरेका हुन् ।

