रिलायन्सको आईपीओमा सेबोनको भूमिकाप्रति गम्भीर प्रश्न उठाउँदै परेका उजुरीहरुमा के-के छ ?
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको विवादास्पद आईपीओको रोकिएको प्रक्रिया पुनः सुरु गर्न धितोपत्र बोर्डबाट भएको शंकास्पद कामको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि अर्थमन्त्रालयसम्म उजुरीहरु परेका पाइएको छ । त्यसरी विभिन्न निकायमा धितोपत्र बोर्डको निर्णय प्रक्रियाप्रति गम्भीर प्रश्न उठाउँदै तथा अध्यक्ष सन्तोषनारायण श्रेष्ठको व्यक्तिगत प्रतिष्ठामै आँच...

