यूनाइटेड अजोड इन्स्योरेन्सले ७० हजार कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म १००ः१० अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको कुल ७० हजार ४८० कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।जसमा संस्थापक समूहको ६३ हजार ८४७ कित्ता र सर्वसाधारण समूहको ६ हजार ६३३ कित्ता रहेको छ ।

