बिहीबार, असार ३२,२०८३ 11:23:19
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 11:23:19
लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो  छ, सेयरबजारमा पनि सुधार गर्नुपर्छ: नेपाल चेम्बर
Capital Market

लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छ, सेयरबजारमा पनि सुधार गर्नुपर्छ: नेपाल चेम्बर

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि अनुकूल लगानीमैत्री वातावरण र अर्थतन्त्रका समसामयिक विषयमा आयोजित छलफल तथा संवाद कार्यक्रममा व्यवसायी तथा उद्योगपतिहरूले निजी क्षेत्रका विविध समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । सो अवसरमा उद्योगी व्यवसायीले लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो रहेको औंल्याए...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । बुधबार सेयरबजारमा साढे ३ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरमा नासा सेक्युरिटिज, नबिल स्टक डिलर, अनलाइन सेक्युरिटिज, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र नेपाल स्टक हाउस रहेका छन् ।  

बैंकबाट सेयरकर्जा बढ्यो, बजारमा पैसा पुग्दै पुगेनः बीचमै कहाँ गायब भयो ?
Capital Market

बैंकबाट सेयरकर्जा बढ्यो, बजारमा पैसा पुग्दै पुगेनः बीचमै कहाँ गायब भयो ?

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरूले पछिल्ला महिनाहरूमा सेयर धितो कर्जा उल्लेख्य रूपमा बढाएका छन्। तर विडम्बना, त्यही अनुपातमा नेपालको पूँजीबजारमा नयाँ पूँजी प्रवेश गरेको संकेत भने देखिएको छैन।नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितोमा १ खर्ब ६२ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्। फागुन...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्रको सूचीकरण खारेज
Capital Market

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्रको सूचीकरण खारेज

काठमाण्डो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा जारी ऋणपत्रको सूचीकरण खारेज भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्सेमा) साबिकको नेपाल इभेष्टमेन्ट बैंकको ‘१०.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर २०८२’को सूचीकरण खारेज भएको हो ।

सर्वोत्तम पेन्ट्सको आईपीओमा ४४ गुणा बढी आवेदन, २८ लाख बढीको हात खाली हुने निश्चित
Capital Market

सर्वोत्तम पेन्ट्सको आईपीओमा ४४ गुणा बढी आवेदन, २८ लाख बढीको हात खाली हुने निश्चित

काठमाण्डौ । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म ४४ गुणा बढी आवेदन परेको छ ।  सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिनसम्म कम्पनीको आईपीओमा २८ लाख ९७ हजार १२५ जनाले ३ करोड १० लाख ८० हजार २१० कित्ताका लागि आवेदन दिएका छन्, जुन यो मागभन्दा ४४ गुणा बढी आवेदन हो ।  

२१ बीमा कम्पनीको सेयरभाउ घट्यो, कुनको कति ?
Capital Market

२१ बीमा कम्पनीको सेयरभाउ घट्यो, कुनको कति ?

काठमाण्डौ । बुधबार सेयरबजारमा झिनो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ०.०८ अंकले बढेर २७०५.५३ विन्दुमा कायम भएको ।  नेप्सेमा सूचीकृत ३५२ कम्पनीको ८३ लाख ७५ हजार ४७१ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.०७ प्रतिशत र निर्जीवन बीमा समूह ०.५५ प्रतिशतले घटेको छ ।  आज ८ बीमा कम्पनीको...

सेयरबजारमा झिनो सुधार, जानकार भन्छन्, ‘सेयर किन्ने र बेच्ने अवस्था नै छैन’
Capital Market

सेयरबजारमा झिनो सुधार, जानकार भन्छन्, ‘सेयर किन्ने र बेच्ने अवस्था नै छैन’

काठमाण्डौ । आज सेयरबजार झिनो अंकले बढेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०८ अंकले बढेर २ हजार ७०५.५३ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०४ प्रतिशतले घटेर ४६४.४३ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३५२ वटा स्क्रिप्टको ८३ लाख ७५ हजार ४७१ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ६३ करोड ७५ लाख बढीको सेयर कारोबार...

एभरेष्ट कलरको आईपीओ भोलि बाँडफाँड हुने, २६ लाख बढीको हात खाली हुने निश्चित
Capital Market

एभरेष्ट कलरको आईपीओ भोलि बाँडफाँड हुने, २६ लाख बढीको हात खाली हुने निश्चित

काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडको आईपीओ भोलि (असार ४)गते बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ बिहिबार बिहान बाँडफाँड हुने भएको हो ।कम्पनीले जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारणहरुका लागि ६ लाख ५५ हजार ७०० कित्ता सेयर जारी गरेको थियो ।  

ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने
Capital Market

ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स प्राइभेट लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । ओम मेगाश्री फर्मास्युटिकल्सको असार २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कुथेली बुखरी स्मल हाईड्रोपावरको १२ लाख कित्ता बढी सेयरको लक इन अवधि साउनमा समाप्त हुने
Capital Market

कुथेली बुखरी स्मल हाईड्रोपावरको १२ लाख कित्ता बढी सेयरको लक इन अवधि साउनमा समाप्त हुने

काठमाण्डौ । कुथेली बुखरी स्मल हाईड्रोपावर लिमिटेडको लक इन अवधि आगामी साउन महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल १२ लाख ९ हजार १६९.५ कित्ता सेयरको लक इन अवधि साउन ६ गते सकिन लागेको हो ।

आर.के.डी होल्डिंग्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने
Capital Market

आर.के.डी होल्डिंग्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । आर.के.डी होल्डिंग्स लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न नवौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।जेठ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार २८ गते तनहुँमा रहेको बन्दीपुर केबलकार प्राङ्गणमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

अन्ततः नेप्सेले पायो नयाँ अध्यक्ष, अमृत लम्साललाई जिम्मेवारी
Capital Market

अन्ततः नेप्सेले पायो नयाँ अध्यक्ष, अमृत लम्साललाई जिम्मेवारी

काठमाण्डौ । लामो समयदेखि नेतृत्वविहीन बनेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। करिब डेढ महिनादेखि रिक्त रहेको अध्यक्ष पदमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल नियुक्त भएका छन्।वैशाख १५ गते तत्कालीन अध्यक्षले राजीनामा दिएपछि नेप्से अध्यक्षविहीन अवस्थामा थियो। नेतृत्व अभावका कारण पूँजीबजारसँग सम्बन्धित केही महत्वपूर्ण निर्णय तथा नीतिगत प्रक्रियामा...

जलविद्युत् कम्पनीको नयाँ आईपीओ बजारमा, लगानीकर्ताले के जान्नुपर्छ ?
Capital Market

जलविद्युत् कम्पनीको नयाँ आईपीओ बजारमा, लगानीकर्ताले के जान्नुपर्छ ?

काठमाण्डौ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज असार ३ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६ सय कित्ता शेयर सार्वजनिक निष्काशनमा ल्याएको हो।यो आईपीओमा लगानीकर्ताले असार ८ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि असार १७...

सानिमा म्युचुअल फन्डअन्तर्गतको “सानिमा इक्विटी फन्ड–२” को इकाइ बाँडफाँड
Capital Market

सानिमा म्युचुअल फन्डअन्तर्गतको “सानिमा इक्विटी फन्ड–२” को इकाइ बाँडफाँड

काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गतको “सानिमा इक्विटी फन्ड–२” को इकाइ बाँडफाँड सम्बन्धी सूचना सार्वजनिक गरिएको छ।मागभन्दा बढी आवेदन परेपछि योजनाअन्तर्गतको इकाइ बाँडफाँड प्रक्रिया पूरा गरिएको सानिमा क्यापिटलले जनाएको छ।

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री चाप
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री चाप

काठमाण्डौ । मंगलबार सेयरबजारमा ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ  उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, प्रिमियर सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र नबिल स्टक डिलर रहेका छन् ।  

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा निशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन, सात सयभन्दा बढी लाभान्वित
Capital Market

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा निशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन, सात सयभन्दा बढी लाभान्वित

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दार्चुलामा निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको छ । यस सांग्रिला डेभलपमेन्ट बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत यही २०८३ जेठ २९ गते शुक्रबार जिल्ला अस्पताल खलङ्गा र जेठ ३० गते शनिबार दुहुँ गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।जिल्ला अस्पताल खलङ्गामा सञ्चालित आँखा शिविरमा ३...

नेप्से किन सुनसान बन्दैछ ? बजेटभन्दा ठूलो समस्या ‘विश्वासको अभाव’
Capital Market

नेप्से किन सुनसान बन्दैछ ? बजेटभन्दा ठूलो समस्या ‘विश्वासको अभाव’

काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पूँजीबजार सुधारका लागि केही आकर्षक घोषणाहरू गरे पनि त्यसले लगानीकर्ताको मन जित्न सकेको देखिएको छैन। बजेट सार्वजनिक भएको केही दिन बितिसक्दा पनि सेयर बजारले अपेक्षित गति लिन नसक्नुले लगानीकर्ताको मनोविज्ञान अझै सरकारप्रति विश्वस्त हुन नसकेको संकेत गरेको छ।बजेटपछिको पहिलो कारोबार दिनमै नेप्से परिसूचक २६.७२ अंकले...

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो, दुई कम्पनीमा अपर सर्किट
Capital Market

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो, दुई कम्पनीमा अपर सर्किट

काठमाण्डौ । आजपनि सेयरबजार सामान्य अंकले आरोलो लागेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.२३ प्रतिशत अर्थात ६.३१ अंकले घटेर २ हजार ७०५.४५ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३१ प्रतिशतले घटेर ४६४.६४ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३५५ वटा स्क्रिप्टको १ करोड ७ लाख ८ हजार ५९५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार...

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड
Capital Market

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड

काठमाण्डौ । मंगलबार सेयरबजारमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३५५ कम्पनीको १ करोड ७ लाख ८ हजार ५९६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.२० प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.४० प्रतिशतले घटेको छ ।  आज ७...

सेयरबजार घटेसँगै सरकारले प्राप्त गर्ने पूँजीगत लाभकरमा ३७% को गिरावट
Capital Market

सेयरबजार घटेसँगै सरकारले प्राप्त गर्ने पूँजीगत लाभकरमा ३७% को गिरावट

काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षको ११ महिनामा पूँजीबजारबाट ९ अर्ब ५४ करोड ४४ लाख रुपैयाँबराबरको पूँजीगत लाभकर उठाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३७.५ प्रतिशतले कम हो ।गत आवको उक्त अवधिसम्म सरकारले पूँजीबजारबाट पूँजीगत करका रुपमा १५ अर्ब २७ करोड रुपैयाँ संकलन गरेको थियो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.