बजारमा ठूला लगानीकर्ताको दमदार प्रवेशः एकघण्टा नपुग्दै १० अर्ब कारोबारको रेकर्ड
काठमाण्डौ । चुनावी परिणामले साना मात्र नभई ठूला सेयर लगानीकर्ता र खेलाडी समेत उत्साहित देखिएका छन् । चुनावपछिको राजनीतिक परिदृश्यको प्रक्षेपण गर्न चुकेका ठूला र धेरै संस्थागत लगानीकर्ताहरुले रास्वपाको नेतृत्वमा प्रचण्ड बहुमतको सरकार बन्ने भएपछि त्यसलाई भव्य स्वागत गर्दै मंगलबारदेखि बजार प्रवेश गरेको छनक दिएका छन् ।

