शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च खरिद, ४ वटाबाट मात्रै बिक्री
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट मात्रै उच्च बिक्री भएको छ । यो दिन नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ७३ करोड ५१ लाखको खरिद भएको छ भने ७० करोड २४ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ५० करोड ९८ लाखको खरिद भएको छ भने ५२ करोड ६२ लाखको बिक्री भएको छ ।

