हाथवे इन्भेष्टमेन्टको नाफामा ४५०.५९% को उछाल, आम्दानी पनि ६६.०४% ले बढ्यो
काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आम्दानी बढ्दा नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनील गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ८ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४५०.५९ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीले समीक्षा अवधिसम्म २५ करोड ९७ लाख रुपैयाँ कुल...

