८ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिद्धार्थ प्रिमियर
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.८८ अंकले घटेर २६७५.५१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको १ करोड १६ लाख ८६९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २२ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ५ वटा समूहमा मात्रै हरियाली छाएको छ भने ८ वटा उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै...

