सांग्रिला डेभलपमेन्ट बैंकको २.१५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले समेत खरिद गर्न सक्ने
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख १५ हजार ३५५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यसमध्ये बैंकले १ लाख ३९ हजार ६८३ कित्ता सेयर संस्थापक सेयरधनीहरुका लागि र ७५ हजार ६७२ कित्ता सेयर आम सर्वसाधारण वा अन्य कम्पनी तथा संस्थाका लागि बिक्रीमा राखेको हो ।...

