शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च बिक्री, ३ वटाबाट मात्रै खरिद
काठमाण्डौ । साताको आज अन्तिम कारोबार दिन आज दोस्रो बजारमा आज १२ अर्ब बढीको कारोबार भएको छ । जसअन्तगर्त आज शीर्ष १० वटा ब्रोकरमध्ये ७ वटाबाट उच्च बिक्री भएको छ भने ३ वटाबाट मात्रै खरिद भएको छ । आज नासा सेक्यूरिटिजबाट सबैभन्दा धेरै कारोबार भएको छ । नासाबाट आज करिब ७७ करोडको खरिद र ९६ करोडको बिक्री भएको छ ।

