आईपीओ निष्कासनको तयारीमा हुलास आईरन इन्डष्ट्रिज, विशेष साधारण सभा आह्वान
काठमाण्डौ । हुलास आईरन इन्डष्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित विशेष साधारण सभा डाकेको छ । कम्पनीको वैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख २२ गतेका लागि विशेष सभा डाकेको हो ।उक्त सभामा प्रिमियम मूल्यमा आम सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन(आईपीओ) जारी गर्ने र सो सार्वजनिक निष्कासनका लागि...

