हाथवे इन्भेष्टमेन्टको लक इन अवधि समाप्त
काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि समाप्त भएको छ । सामूहिक लगानी कोषका लागि छुट्टाइएको कम्पनीको ३६ हजार ५१२ कित्ता सेयरको लक इन अवधि हिजो(चैत १ गते) समाप्त भएको हो । उक्त सेयरको लक इन अवधिको समाप्तबारे नेपाल धितोपत्र बोर्डले गत मंसिर २५ गते निर्देशन दिएको थियो ।

