भारतको सेयर बजारले चुम्यो अल टाइम हाईको उचाई
काठमाण्डौ । भारतको सेयर बजारले नयाँ उचाई हासिल गरेको छ । भारतको आर्थिक वर्षको सुरुवात भएको पहिलो दिनमै भारतको सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको हो । अप्रिल १ गतको इन्ट्रा डे कारोबारमा भारतको सेन्सेक्स इन्डेक्स ७४ हजार २५४ र निफ्टी इन्डेक्स २२ हजार ५२९ विन्दुको उचाईमा पुगेका छन् । तर बजार बन्द हुँदा वृद्धि घटेर सेन्सेक्स इन्डेक्स ७४ हजार ०१४ विन्दुमा बन्द भएको थियो...

