बढ्दो परिसूचक र कारोबारले के गर्दैछ संकेत ? सेयर कर्जा लिएरै भएपनि लगानी गर्न सल्लाह
काठमाण्डौ । जेठ महिना लागेसँगै नेप्सेमा औषत ४ अर्बमाथिको कारोबार हुन थालेको छ । यो साता भने औषत ५ अर्ब माथिको कारोबार भएको छ । अघिल्लो साताको अन्त्यमा लगातार तीन दिन घटेको बजार यो साता भने आजसहित लगातार तीन दिन बढेको छ । यो तीन दिनमा नेप्से परिसूचकमा करिब ४८ अंकको सुधार आएको छ । पछिल्लो समय लगातार कारोबारमा सुधार आएसँगै के नेप्सेले यसपटक यस अघिको कडा प्रतिरोध २२५० को...

