शिखर पावरको आइपीओमा १६.६८ गुणा बढी आवेदन, पौने २६ लाखको हात खाली हुने पक्का !
काठमाण्डौ । शिखर पावर डेभलपमेन्ट लिमिटेडको आइपीओमा आज अन्तिम दिनसम्म १६.६८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २७ लाख ६५ हजार ९४८ जनाले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा कुल ३ अर्ब ७ करोड ३३ लाख ९३ हजार रुपैयाँ बराबरको ३ करोड ७ लाख ३३ हजार ९३० कित्ताका लागि आवेदन परेको छ, जुन यो मागभन्दा १६ गुणा बढी आवेदन हो ।

