नेप्सेका अध्यक्ष र सीईओलाई कर्मचारीले कोठामा थुने, बाहिर नाराबाजी र प्रदर्शन
काठमाण्डौ । पूँजीबजारको फ्रन्टलाइन रेगुलेटरको रुपमा काम गरिरहेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का कर्मचारीहरुले आफ्नै सीईओ र अध्यक्षलाई थुनेका छन् । कर्मचारीहरुले लामो समयदेखि आफूहरुले पाउने बोनसको विषय नटुङ्ग्याएको भन्दै उनीहरुले आन्दोलनसँगै नेप्सेको सञ्चालक समितिका अध्यक्ष हेमन्त बस्याल र सीईओ चूडामणि चापागाईंलाई उनीहरुकै कार्यकक्षमा थुनेका हुन् ।

