खनाल अर्थसचिव हुँदा नै नेप्सेले भोगेको थियो डरलाग्दो क्र्यास, अर्थमन्त्रीकालमा इतिहास दोहोर्याउलान् कि नयाँ लेख्लान् ?
काठमाण्डौ । नेपाल सरकारको अर्थसचिवको जिम्मेवारी सम्हाल्दै गर्दा डा. रामेश्वर खनालले ऐतिहासिक उचाइमा पुगेको सेयर बजार पाएका थिए। सन् २००८ अगस्ट ३१ मा उनले सचिव पद सम्हालेको दिन नेप्से परिसूचक करिब १,१७५ अंकमा थियो, जुन त्यतिबेलासम्मकै अलटाइम हाई विन्दु थियो।

