७.०८% ले घट्यो सेयरबजार, धितोपत्र बजार पूँजीकरणमा २.२९% को गिरावट
काठमाण्डौ । धितोपत्र बजार पूँजीकरण २।२९ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार धितोपत्र बजार पूँजीकरण सामान्य घटेर ४६ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिसम्म धितोपत्र बजार पूँजीकरण ४७ खर्ब ६५ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो ।

