४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२३ कम्पनीको १ करोड ६ लाख १९ हजार १८० कित्ता सेयर किनबेच हँुदा ४ अर्ब ९० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह १.३४ प्रतिशत र निर्जीवन बीमा समूह १.३३ प्रतिशतले घटेको छ ।...

