आज ५७% सम्मले बढ्यो तरकारीको मूल्य, कुन तरकारीको भाउ कति ?
काठमाण्डौ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज अधिकांश तरकारीको मूल्य बढेको छ । आज चिचिण्डोको मूल्य सर्वाधिक बढेको छ । आज चिचिण्डोको औसतमूल्य ५७ प्रतिशतले बढेको छ ।चिचिण्डोको औसत प्रतिकेजी मूल्य ५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चिचिण्डोको औसत प्रतिकेजी मूल्य ३५ रुपैयाँ थियो ।

