नेपालको हवाई क्षेत्रमा लगानीको योजनामा अडानी ग्रुप, विमानस्थल व्यवस्थापन तथा निर्माणमा चासो
काठमाण्डौ । भारतीय धनाढ्य गौतम अडानीको अडानी ग्रुपले नेपालको विमानस्थल क्षेत्रमा लगानीका साथै दुई प्रमुख विमानस्थलको व्यवस्थापन सम्हाल्ने योजना बनाएको छ । समाचार एजेन्सी आईएएनएसले अडानी ग्रुपले नेपालको हवाई क्षेत्रमा लगानीको प्रस्ताव गरेको जनाएको हो ।