प्रत्येक व्यक्तिले कमाइको १०% आमाबुवाका लागि लगानी गर्नुपर्छः मन्त्री चौधरी
काठमाण्डौ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अब प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आमाबुवाका लागि खर्च गर्नुपर्ने बताएकी छिन् । सुनसरीको गढी गाउँपालिका ६ सत्तरझोडामा आयोजित झुल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । ‘ज्येष्ठ नागरिकको सेवा गर्न पाउनु भनेको हामी सबैका लागि गर्वको विषय हो र त्यो हाम्रो...