उन्नति सहकार्य लघुवित्तको साधारण सभा र बुक क्लोज मिति तय
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २६ गते साधारण सभा आयोजना गर्ने भएको छ । माघ ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको १० औं साधारण सभा भैरहवामा रहेको होटल सनस्टार इन्टरनेशनलमा बिहान १० बजेदेखि सुरु गर्ने निर्णय गरेको हो । सभामा लाभांशसँग सम्बिन्धत कुनै पनि प्रस्ताव समावेश गरिएको छैन । सभामा संस्थाले भविष्यमा अन्य कुनै उपयुक्त...