नेप्सेमा सर्किटमाथि सर्किट, ४० मिनेटका लागि कारोबार स्थगित
काठमाण्डौ । बजारमैत्री सरकार र अर्थमन्त्री आउने विश्वासले लगानीकर्ताको मनोबल बढ्दा सेयर बजारमा एकपछि अर्को पोजिटिभ सर्किट लागेको छ । कारोबार सुरु भएको ४ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतभन्दा बढीले वृद्धि भएपछि पहिलो सर्किट लगाएर २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो ।