नेप्सेमा झिनो अंकको सुधार, ‘नकारात्मक विषयका कारण बजार साइडवेजमा’
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ०.१० प्रतिशत अर्थात २.२७ अंकले बढेर २०७८.७६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१४ प्रतिशतले बढेर ३६७.७५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा कम्पनीको ७२ लाख ९ हजार ७५७ कित्ता सेयर ३ अर्ब ४० करोड ४३ लाख...