एनभीडीयाको सेयर ‘विश्वको सबैभन्दा महत्वपूर्ण सेयर’ घोषित,बजार पूँजीकरण १.७ ट्रिलियन डलर
TRENDING
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको १ करोड १९ लाख कित्ता बढी सेयर सूचीकृत भएको छ । आज नेप्सेमा घलेम्दी हाईड्रोपावरको २०० प्रतिशत हकप्रद सेयर र मितेरी डेभलपमेन्ट बैंकको ९.५० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । स्वरोजगार लघुवित्तको सेयरमूल्य समायोजन भएको छ । आज नेप्सेमा संस्थाको ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात संस्थाको सेयरमूल्य प्रतिकित्ता ५९१.६८ रुपैयाँ कायम भएको छ । आज संस्थाको सेयरमूल्य प्रतिकित्ता ६३३.१० रुपैयाँमा बन्द भएको थियो ।
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २०.७६ अंकले घटेर २ हजार ५ विन्दुमा झरेको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज फाइनान्स र उत्पादन तथा प्रशोधन समूह बाहेक सबै समूह राताम्य भएका छन् । बीमा समूहका दुबै उपसूचक घटेका छन् । जीवन बीमा उपसूचक १.०७ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.४६ प्रतिशतले घटेको छ । बीमा समूहहरु घट्दा आज...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २०.७६ अंक अर्थात १.०२ प्रतिशतले घटेर २ हजार ५.८३ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९६ प्रतिशतले घटेर ३५९.५७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता सेयर ३ अर्ब २०...
काठमाण्डौ । मर्जरमा गएका सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तिीय संस्था लिमिटेडको एकीकृत कारोबार आगामी फागुन २४ गतेबाट हुने भएको छ । मर्ज भएश्चात कायम भएको नाम सामु्दायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको थालनी हुन लागेको हो ।
काठमाण्डौ । मिड सोलु हाईड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको साधारण सेयरको लक इन अवधि आगामी चैत १० गते समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि बाँडफाँड गरेको ३७ हजार ४२० कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको जनाएको हो ।
काठमाण्डौ । विश्व सेयर बजारमा ‘सेयर बादशाह’का रुपमा परिचित छन् वारेन बफेट । सेयर बजारमा थुप्रै लगानीकर्ताले उनको लगानीको सुत्र र उनको लगानीको चाललाई पछ्याउने गर्छन । वारेन बफेटको भनाईमा आम्दानी बढाउनका लागि सही दिशाको आवश्यकता पर्छ । प्राय मानिसहरु धनीहरुलाई हेरेर त्यस्तै बन्ने कोशिश त गर्छन, तर स्पष्ट दिशाबिनाको त्यस्तो कोशिशको अर्थ हुँदैन । अबदेखि धनी भइसकेकाहरुलाई...
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै आधारभूत सेयरधनीहरुलाई हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ९७ हजार ९३९ कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गरी संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखिएको जनाएको छ ।
काठमाण्डौ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आव २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी यो अवधिसम्म १ करोड १४ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी ३ करोड ९९ लाख रुपैयाँ घाटामा थियो । विद्युत बिक्री आम्दानीमा भएको वृद्धिका कारण कम्पनीले घाटा कम गर्न सफल भएको हो । कम्पनीले यो...
काठमाण्डौ ।दोल्ती पावर कम्पनी लिमिटेडले घाटा घटाएको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले ९८ लाख ७२ हजार रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले गत आवको सोहि अवधिसम्म भने २ करोड २३ लाख घाटा व्यहोरेको थियो । यसरी कम्पनी ५५.८२ प्रतिशतले घाटा घटाउन सफल भएको छ ।
काठमाण्डौ । आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि ११ गते र स्वरोजगार लघुवित्तले फागुन १३ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु...
काठमाण्डौ । मर्जर र प्राप्तिलाई प्रोत्साहन गर्न विगतमा दिइएको ५ प्रतिशत आयकर छुट उठाउनका लागि कर कार्यालयले सम्बद्ध निकायहरुमा तागेता गर्न थालेको छ । आन्तरिक राजश्व विभागले विगत एकदशभन्दा बढी समयदेखि दिइएको ५ प्रतिशत आयकर छुट उठाउन करछुटसम्बन्धी व्यवस्थाको अपव्याख्या गर्दै सम्बद्धहरुलाई डेटा उपलब्ध गराउन भन्दै बारम्बार तागेता गर्न थालेको हो । बैंक तथा वित्तीय...
काठमाण्डौ । प्रिमियम मूल्यमा आईपीओ निष्कासनको तयारीमा रहेको मारुती सिमेन्ट्सलाई इक्रा नेपालले रेटिङ प्रदान गरेको छ । इक्रा नेपालले मारुती सिमेन्टस्लाई [ICRANPIR] BBB@* निष्कासनकर्ता रेटिङ्ग प्रदान गर्नुका साथै प्रतिकूल प्रभाव सहित सूक्ष्म निगरानीमा राखेको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् ।...
काठमाण्डौ । भित्रभित्रै तीव्र मोलमोलाई हुँदै गरेको नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिको विषय अन्यौलमा परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को चाहनाअनुसार धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न समिति बनाए पनि त्यसले गरिरहेको कामको विषयमा तालुकदार निकायहरु भने बेखबर छन् । भित्रभित्रै तीव्र मोलमोलाई चलिरहेको धितोपत्र बोर्डको नयाँ अध्यक्ष बन्न...
काठमाण्डौ । पछिल्लो समय नेपालको सेयर बजारमा व्यापक रुपमा कर्नरिङ हुन थालेको छ । सप्लाई कम भएका कम्पनीको सेयरमूल्यमा व्यापक चलखेल भइरहँदा समेत सम्बद्ध निकायहरु चूप छन् । नियामक कमजोर भूमिकामा रहेको मौकामा विभिन्न गिरोहहरुले कमजोर वित्तीय अवस्थाका कम्पनीहरुको सेयरमूल्यमा दैनिकजसो पोजिटिभ सर्किट लगाई भाउ रकेट झै उडाइरहेका छन् ।चलखेल गर्ने गिरोहले कमजोर कम्पनीकै सेयरमा...
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ६.४६ अंकले घटेर २ हजार २६ बिन्दुमा झरेको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज उत्पादन तथा प्रशोधन समूह बाहेकका सबै सूचकमा रातो पोतिएको छ । बीमा समूहका दुईवटै समूह घटेका छन् । जीवन बीमा उपसूचक ०।२८ प्रतिशत र निर्जीवन बीमा समूह ०.३० प्रतिशतले घटेको छ । सूचीकृत २६ बीमा कम्पनीहरुमध्ये...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३१ प्रतिशत अर्थात ६.४६ अंकले घट्दै २ हजार २६.५९ बिन्दुमा झरेको छ । आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सिेटिभ इन्डेक्स पनि ०.३४ प्रतिशतले घट्दै ३६३.०७ बिन्दुमा सीमित भएको छ । आजको बजारबारे अर्थशास्त्री सूर्य नारायण पौडेल भन्छन्,‘लगानीकर्ताको मनोबल कमजोर बन्दा बजार बढ्न...
काठमाण्डौ । सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले मर्जरका लागि स्वीकृती प्राप्त गरेका छन् । यी दुवै लघुवित्तले मर्जर प्रक्रियाका लागि नेपाल धितोपत्र बोर्डले फागुन ९ गते अन्तिम स्वीकृती प्राप्त गरेका हुन् ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.