आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झण्डै ८ अर्बको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद माग भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ । आज सर्वाधिक खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, एबीसी सेक्युरिटिज, नबिल स्टक डिलर र त्रिशक्ति सेक्युरिटिज पब्लिक कम्पनी रहेका छन् ।