चीनमा रागासा आँधीले ठूलो क्षति, ताइवानमा १७ जनाको मृत्यु
काठमाण्डौ । रागासा आँधीले दक्षिणी चीनको ग्वाङडोङ प्रान्तको याङजियाङ सहरमा क्षति पुगेको छ । यो आँधी याङजियाङ पुग्दा यसको गति १४४ किलोमिटर प्रतिघण्टा थियो।ग्वाङडोङ प्रान्तमा आँधी आउनुअघि करिब २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो। ताइवानमा आएको आँधीका कारण तालको बाँध भत्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

