श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिशानायके विजयी, आर्थिक पुनरुत्थान हुने विश्वास
काठमाण्डौ । श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिशानायके विजयी भएका छन् । ५५ वर्षीय दिशानायके नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनका प्रमुख हुन्।जितपछि दिसानायकेले यो उपलब्धि कुनै एक व्यक्तिको काम नभई हजारौं जनताको मेहनतको परिणाम भएको बताएका छन्। दोस्रो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् । यस राउण्डमा दिशानायकेले...

                
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        