अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चार वर्षयताकै न्यून
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चार वर्षयताकै न्यून विन्दुमा पुगेको छ । ‘ब्रेन्ट क्रुड’को मूल्य सोमबार चार वर्षयताकै न्यून विन्दुमा पुगेको छ । यो अप्रिल २०२१ पछि ब्रेन्ट क्रुडको सबैभन्दा कम मूल्य हो। हाल यसको मूल्यमा करिब ३.२ प्रतिशतले गिरावट आएको छ र कच्चा यसको मूल्य प्रति ब्यारेल ६३.४९ डलर पुगेको छ ।

