चीनले एडभाईजरी जारी गर्दै आफ्ना नागरिकलाई भन्यो, ‘अमेरिका जानुअघि सोचौं’
काठमाण्डौ । अमेरिकासँग बढ्दो व्यापार युद्धका बीच चीनले आफ्ना नागरिकहरूलाई अमेरिका यात्रामा सजगता अपनाउन चेतावनी दिएको छ ।चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले ट्राभल एडभाइजरी जारी गर्दै यस्तो चेतावनी दिएको हो । मन्त्रालयले आफ्ना नागरिकलाई अमेरिका जानुअघि ‘सावधानीपूर्वक यात्रा’ र ‘जोखिमको राम्ररी आँकलन’ गरी ‘विचारपूर्वक यात्रा’ गर्न सुझाव दिएको छ ।

