जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.१.११ खर्ब प्रिमियम, सबैको व्यवसाय ग्रोथ
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आवको ७ महिनामा १ खर्ब ११ अर्ब ५ करोड ७९ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् ।नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुको यो व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा १६.४३ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्ममा जीवन बीमकहरुले ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।सो अवधिसम्म सबै जीवन बीमा...

