अमेरिका–इरान समझदारीपछि मध्यपूर्वमा शान्तिको आशा, पाकिस्तानको बढ्दो भूमिका भारतका लागि चुनौती बन्ने संकेत
काठमाण्डौ । विगत केही महिनादेखि जारी अमेरिका र इरानबीचको तनावपूर्ण सम्बन्धमा हालै भएको युद्धविराम र वार्ताको प्रगतिले मध्यपूर्वमा स्थायित्व र शान्तिको नयाँ आशा जगाएको छ। लामो समयदेखि जारी द्वन्द्वका कारण क्षेत्रीय सुरक्षामात्र होइन, विश्वव्यापी ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार र समुद्री यातायातसमेत प्रभावित हुँदै आएको थियो।

