अमेरिका–इरान वार्ताको पहिलो चरण शुरु हुँदै, परमाणु कार्यक्रम र प्रतिबन्ध मुख्य एजेन्डा
काठमाण्डौ । अमेरिका र इरानबीच गत हप्ता भएको अस्थायी शान्ति समझदारीपछि अब दुवै देशबीच औपचारिक वार्ताको पहिलो ठूलो चरण शुरु हुन लागेको छ। अमेरिकी उपराष्ट्रपति जेडी वेंस स्विट्जरल्यान्ड पुग्ने तयारीमा छन्, जहाँ आइतबार हुने वार्तामा परमाणु कार्यक्रम, प्रतिबन्धका कारण रोकिएको इरानी रकम तथा क्षेत्रीय सुरक्षा तनावका विषयमा छलफल हुने बताइएको छ।

