निजी क्षेत्रमा त्रासबीच अर्थमन्त्रीको स्पष्ट सन्देश: ढुक्क भएर काम गर्नुस्
काठमाण्डौं । पछिल्ला दिनमा केही व्यवसायीमाथि अनुसन्धान र पक्राउका घटनापछि निजी क्षेत्रमा देखिएको असहजता बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी–व्यवसायीलाई ढुक्क भएर काम गर्न आग्रह गरेका छन्।नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारणसभामा सोमबार सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रले अनावश्यक डर वा संशय लिनुपर्ने अवस्था नरहेको स्पष्ट पारे।

