हिलो, रोपाइँ र दही–चिउरा: असार १५ को सांस्कृतिक र कृषि महत्त्व
काठमाण्डौ । नेपाली कृषक समुदायका लागि विशेष महत्त्व बोकेको असार १५ आज देशभर राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका रूपमा मनाइँदै छ। खेतमा धान रोप्ने, असारे भाका गाउने र दही–चिउरा खाएर श्रमको सम्मान गर्ने परम्परासँग जोडिएको यो दिन नेपाली समाजको कृषि र संस्कृतिको प्रतीकका रूपमा स्थापित भएको छ।

