रास्वपा उदय वैकल्पिक अभियानको निरन्तरता हो : डा. बाबुराम भट्टराई
काठमाण्डौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयलाई आफूले अघि बढाएको वैकल्पिक राजनीतिक अभियानको एउटा महत्वपूर्ण उपलब्धिका रूपमा लिएको बताएका छन्।उनले रास्वपाको सफलताले देशको राजनीतिक परिदृश्यमा नयाँ सम्भावनाहरू देखाएको टिप्पणी गरेका छन्।

