चालू आवमा बैंक तथा वित्तीय संस्थाका १४९ शाखा बन्द
काठमाण्डौ । चालू आर्थिक वर्षको वैशाखसम्म बैंक तथा वित्तीय संस्थाका देशभर १४९ शाखा बन्द तथा समायोजन भएका छन्। नेपाल राष्ट्र बैंकले महानगरपालिकाभित्र धेरै शाखा भएका बैंक तथा वित्तीय संस्थालाई कर्मचारी कटौती नगरी शाखा गाभ्न वा एकीकरण गर्न दिएको सुविधापछि शाखा समायोजन तीव्र भएको हो।

