रूकुममा कागती परियोजनामा भ्रष्टाचार, ११ लाखभन्दा बढी रकम हिनामिना आरोप
काठमाण्डौं । रूकुम (पूर्वी भाग) को पुथा उत्तरगङ्गा गाउँपालिकामा सञ्चालित कागती पकेट विकास कार्यक्रमसँग सम्बन्धित अनियमितता प्रकरणमा तात्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्ट नारायण यादवसहित सात जनाविरुद्ध ११ लाख ६९ हजार ७६० रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

