आरजूका 'प्रिय पात्र' गभर्नर विश्व पौडेललाई पद त्याग्न जेनजीको दवाब, नटेरे आन्दोलन
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी तथा तत्कालीन परराष्ट्रमन्त्री आरजू देउवाको प्रिय पात्रको परिचय बनाएका विश्वनाथ पौडेलले नेपाल राष्ट्रबैंकको गभर्नर पदबाट राजीनामा दिनुपर्ने माग जेनजी समूहमा उठेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरुको सामूहिक राजीनामा माग्दै मंगलबार आधिकारिक पत्र दर्ता गराएको जेनजी...