शनिबार, बैशाख ५,२०८३ 07:22:06
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 07:22:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नयाँ सर्किट नियमप्रति अर्थशास्त्रीको आपत्ति: डा. कार्की भन्छन्- 'हचुवाको निर्णय’ले बजारमा उथलपुथल निम्त्याउन सक्छ'

१० प्रतिशतको अन्तर्राष्ट्रिय अभ्यास छाडेर सीमा बढाउँदा बजारमा अस्थिरता बढ्ने चेतावनी

Bizshala
नयाँ सर्किट नियमप्रति अर्थशास्त्रीको आपत्ति: डा. कार्की भन्छन्- 'हचुवाको निर्णय’ले बजारमा उथलपुथल निम्त्याउन सक्छ'
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमबारदेखि लागू गर्न लागेको १५ प्रतिशत सर्किट ब्रेकर व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्ड (सेबोन)का पूर्व अध्यक्ष तथा अर्थशास्त्री डा. रेवतबहादुर कार्कीले कडा असहमति जनाएका छन्। उनले यस्तो निर्णय अपरिपक्व, अस्थिर र हल्लामुखी बजारमा जोखिमपूर्ण प्रयोग हुने चेतावनी दिएका छन्।

नेप्सेले सेबोनको स्वीकृतिपछि सूचीकृत कम्पनीहरूको मूल्य १५ प्रतिशतसम्म घटबढ भएपछि सर्किट लाग्ने व्यवस्था लागू गर्न लागेको हो। हालसम्म १० प्रतिशतको सीमामा सर्किट लाग्ने व्यवस्था थियो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बिजशालासँग कुरा गर्दै डा. कार्कीले नेपालको पूँजीबजार अझै स्थिर र परिपक्व नभएको उल्लेख गरे। उनका अनुसार लगानीकर्ताको वित्तीय साक्षरता अत्यन्तै न्यून रहेको र बजार अझै पनि हल्लाको भरमा चल्ने प्रवृत्तिमा रहेको छ।

“हाम्रो वित्तीय साक्षरता करिब १८-१९ प्रतिशत मात्र छ। यस्तो अवस्थामा बजारमा स्थायीत्व छैन, लगानीकर्ता सूचनाभन्दा हल्लाको पछि लाग्ने अवस्था छ,” उनले भने।

उनले बजारमा अझै पनि चलखेल हुने सम्भावना उच्च रहेको उल्लेख गर्दै नियमनमा सावधानी अपनाउनुपर्ने बताए।

डा. कार्कीका अनुसार १५ प्रतिशतको सर्किट सीमा अत्यधिक भएको छ। “१० प्रतिशत नै अन्तर्राष्ट्रिय अभ्यास हो। १५ प्रतिशतमा लैजानु भनेको सीमा ५० प्रतिशतले बढाउनु हो, जसले बजारमा ठूलो उतारचढाव ल्याउनसक्छ,” उनले भने।

उनले यस्तो व्यवस्थाले बजारमा अनावश्यक चाप सिर्जना गर्ने, लगानीकर्तामा डर र अन्योल बढाउने तथा चलखेल गर्ने समूहलाई थप अवसर दिने चेतावनी दिए।

हालको अवस्थामा नेपाली अर्थतन्त्र र पूँजीबजार सुधारको चरणमा रहेको उनले बताए। नयाँ सरकार गठन भएसँगै नीतिगत स्पष्टता अझै आउन बाँकी रहेको, बजेट घोषणा नजिकिँदै गरेको र बजार संवेदनशील अवस्थामा रहेको उनको भनाइ छ।

“यस्तो समयमा बजारलाई थप झट्का दिने निर्णय गर्नुहुँदैन। स्थायीत्व प्राथमिकतामा राखिनुपर्छ,” उनले भने।

CG Motors
Garima Development Bank
IME remit

उनले विकसित देशहरूको उदाहरण दिँदै सर्किट व्यवस्था बजारलाई स्थिर राख्नका लागि प्रयोग गरिने उपाय भएको बताए। विगतका आर्थिक संकटपछि धेरै देशहरूले यस्ता व्यवस्था पुनः लागू गरेका थिए।

डा. कार्कीले नयाँ व्यवस्था पर्याप्त अध्ययनबिना ल्याइएको आरोप समेत लगाए। उनकाअनुसार सेबोन नेतृत्वविहीन अवस्थामा रहेको, सरकारको आर्थिक नीति अझै स्पष्ट नभएको र यस्तो अवस्थामा नियम परिवर्तन गर्नु उपयुक्त छैन । 

उनले यस्तो निर्णयले विशेषगरी साना लगानीकर्तालाई बढी असर पार्ने चेतावनी दिए। “बजार घट्ने अवस्था आयो भने सबैभन्दा बढी मार साना लगानीकर्ताले खान्छन्,” उनले भने।

डा. कार्कीले निष्कर्षमा भने, “अहिलेको अवस्थामा १५ प्रतिशत सर्किट लागू गर्नु गलत समयको निर्णय हो। बजार स्थिर भएपछि मात्र यस्ता परिवर्तन गर्नु उपयुक्त हुन्छ।”

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.