बिहीबार, श्रावण १४,२०८३ 03:55:03
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 03:55:03
Bizshala
Global IME Bank Limited

देवानगञ्ज घटनाबारे राष्ट्रिय सुरक्षा परिषद्को समीक्षा, सुरक्षा निकायबीच समन्वय सुदृढ गर्ने निर्णय

देवानगञ्ज घटनाबारे राष्ट्रिय सुरक्षा परिषद्को समीक्षा, सुरक्षा निकायबीच समन्वय सुदृढ गर्ने निर्णय
New Office

काठमाण्डौ। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको दुःखद् घटनापछि उत्पन्न सुरक्षा अवस्थाबारे समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक सम्पन्न भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा बसेको बैठकमा देवानगञ्जमा दुई पक्षबीच भएको झडप, त्यसक्रममा भएको मानवीय क्षति तथा त्यसपछिको समग्र सुरक्षा अवस्थाबारे विस्तृत समीक्षा गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

बैठकले भविष्यमा यस्ता अवाञ्छित घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गर्ने निर्णय गरेको छ। साथै सामाजिक सद्भाव, राष्ट्रिय एकता तथा शान्ति–सुरक्षा कायम राख्न आवश्यक कदम चाल्ने विषयमा पनि सहमति भएको जनाइएको छ।

परिषद्को बैठकमा देशका विभिन्न भागमा हुनसक्ने विपद्का घटनाको पूर्वतयारी, प्रतिकार्य तथा व्यवस्थापनका विषयमा समेत छलफल भएको थियो। खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय थप सुदृढ गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा प्रस्तुत सुरक्षा ब्रिफिङअनुसार साउन १० गते सुनसरीमा भएको घटनापछि राजनीतिक दल, स्थानीय सरोकारवाला तथा सुरक्षा निकायको संयुक्त प्रयासबाट अवस्था क्रमशः सामान्यीकरणतर्फ उन्मुख भएको जानकारी गराइएको थियो।

बैठकपछि जारी विज्ञप्तिमा भविष्यमा यस्ता घटना हुन नदिन सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउने तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, नेपाल सरकारका मुख्य सचिव गोविन्द कार्की तथा प्रधान सेनापति अशोक सिग्देलको उपस्थिति रहेको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.