नयाँ सर्किट नियमप्रति अर्थशास्त्रीको आपत्ति: डा. कार्की भन्छन्- 'हचुवाको निर्णय’ले बजारमा उथलपुथल निम्त्याउन सक्छ'
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमबारदेखि लागू गर्न लागेको १५ प्रतिशत सर्किट ब्रेकर व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्ड (सेबोन)का पूर्व अध्यक्ष तथा अर्थशास्त्री डा. रेवतबहादुर कार्कीले कडा असहमति जनाएका छन्। उनले यस्तो निर्णय अपरिपक्व, अस्थिर र हल्लामुखी बजारमा जोखिमपूर्ण प्रयोग हुने चेतावनी दिएका छन्।नेप्सेले सेबोनको स्वीकृतिपछि सूचीकृत कम्पनीहरूको मूल्य...

